राजनीति

भागबण्डा : एमालेलाई ९, कांग्रेसलाई १० मन्त्रालय

इकागज |
असार १८, २०८१ मंगलबार ८:२० बजे

फाइल तस्बिर

काठमाडौँ- संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउन सात बुँदे सहमति भएको छ ।

सो सहमतिमा गएराति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हस्ताक्षर भएको हो ।


सहमतिमा एमाले अध्यक्ष ओलीले शुरुको दुई वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।

त्यस्तै देउवा र ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन संयुक्त रुपमा आह्वान गर्ने सहमति भएको छ भने निर्वाचन प्रणाली परिवर्तनसहित संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी काम गर्न कांग्रेस र एमालेले सहमति गरेका छन् ।

- ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने ।

- प्रदेश सरकारहरुमा एमालेले कोशी, लुम्बिनी र कर्णाली तथा कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने । त्यस्तै मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दललाई नै नेतृत्व दिने ।

- संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभामा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी ।

- प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको सिट संख्याबारे पुनर्विचार गर्ने ।

- पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने।

- संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने ।

- प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचित मात्रै राख्ने ।

त्यस्तै कांग्रेस-एमालेबीच मन्त्रालय भागबन्डामा पनि सहमति भएको छ । एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृह मन्त्रालयसहित १० वटा मन्त्रालय राख्ने सहमति भएको छ ।

त्यस्तै एमालेले कोशी, लुम्बिनी, कर्णाली प्रदेशको मुख्यमन्त्री पाउने,   कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्ने पनि सहमति भएको छ ।
त्यसैगरी मधेश प्रदेश मधेशवादी दललाई दिने सहमति भएको छ ।

त्यसैगरीनिर्वाचन प्रणाली संशोधन गर्ने सहमति र पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बनाउने सहमति भएको छ । 


Author

थप समाचार
x