राजनीति

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने गरी कांग्रेससँग सहमति गर्‍यौँ : महासचिव पोखरेल

इकागज |
असार १८, २०८१ मंगलबार ११:८ बजे

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने गरी नेपाली कांग्रेससँग समझदारी भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने र ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको बताएका हुन् ।


उनले लेखेका छन् 'राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी भएको छ । यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने ।'
 


Author

थप समाचार
x