राजनीति

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

इकागज |
असार १८, २०८१ मंगलबार ११:५२ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् ।

मंगलबार बिहान भएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर विश्वासको मतको सामना गर्ने निर्णय गरेको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।


बैठकपछि जानकारी दिँदै नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन चार दिनदेखिको छलफलमा अहिलेको गठबन्धनलाई नै गाडी बढाउने बताइरहेको र बाहिर कांग्रेससँग सहमति गरेको आरोप लगाएका छन् ।

माओवादी केन्द्रले संसदको सामना गर्ने निर्णय गरेको बताउँदै रास्वपासहितका अन्य दलहरुसँग छलफल गर्ने बताए ।


Author

थप समाचार
x