राजनीति

कांग्रेसले बोलायो प्रतिपक्ष दलहरूको बैठक

इकागज |
असार १८, २०८१ मंगलबार १३:३० बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिपक्ष दलहरूको बैठक बोलाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारमा प्रतिपक्ष रहेका दलहरूको संयुक्त बैठक बोलाएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार साँझ आफ्नै निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् । 


उक्त बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा),  जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी,  जनमोर्चालगायत सहभागीछन् । 


Author

थप समाचार
x