राजनीति

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा छलफल जुटाउन कार्यदलमा छलफल

इकागज |
असार १९, २०८१ बुधबार १६:१२ बजे

फाइल फाेटाे

काठमाडौँ - सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ । 

बुधबार सिंहदरबारमा बसेको कार्यदलको पहिलो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विपतिहरूका विषयमा प्रारम्भिक छलफल भएको हो ।


विधेयकमा रहेको मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्याधिवक्ताले गम्भीर मानव अधिकार उल्लंघनको विषयमा घटि मागवादी लिएर जाने लगायत चार विषयमा सहमतिको प्रयास खोजिएको कार्यदल सदस्य प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

छलफलका क्रममा केही सकारात्मक संकेत देखिएको र थप छलफल गरिने उनको भनाइ छ । त्यस्तै कार्यदल सदस्य रमेश लेखक र जनार्दन शर्माले पनि सकारात्मक छलफल भएको भन्दै केही दिनमा टुङ्गो लगाउने जानकारी दिए । 

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन आइतबार तीन सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले विधेयकमा चार विषयमा सहमति गर्न विभिन्न सुझावहरु दिने बताइएको छ । 


Author

थप समाचार
x