राजनीति

निजामती सेवा ऐन समयमा नआउँदा कर्मचारी व्यवस्थापनमा समस्या : सामान्य प्रशासनमन्त्री जोशी

इकागज |
असार २०, २०८१ बिहीबार १४:० बजे

फाइल फोटो

काठमाडौँ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा ऐन समयमा नै आउन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको बताएका छन् । 

राष्ट्रिय सभाको बिहीबारको बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जोशीले मुलुक संघीयतामा गएको लामो समय हुँदा पनि आवश्यक ऐन समयमा नै ल्याउन नसक्दा संघ र प्रदेशको कर्मचारी व्यवस्थापन गर्न कठिन भएको बताएका हुन् । 


स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउँदा आफूले निकै दवाव महसुस गरेको उनको भनाइ छ । उनले निश्चित मापदण्ड नहुँदा स्थानीय तहमा खटाएका कर्मचारी कार्यस्थलमा जान नखोज्ने र गएका कर्मचारीहरूलाई पनि हाजिर गर्न नदिने प्रवृत्तिहरू देखा परेको धारणा राखे । मुलुकको राजनीतिक अस्थिरताका कारण पनि मन्त्रालयमा गएर सहज रुपमा काम गर्न नसकेको उनको भनाइ छ । 

उनले प्रदेश तथा स्थानीय तहमा सम्बन्धित निकायको अनुरोधमा सरकारबाट कर्मचारी व्यवस्था गरिदैं आएको जानकारी दिए । 


Author

थप समाचार
x