राजनीति

राजदूत भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त

इकागज |
असार २०, २०८१ बिहीबार १५:२४ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र फ्रान्सका लागि नेपालका आवासीय राजदूत सुधीर भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् ।

 नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
 



Author

थप समाचार
x