राजनीति

बालेनलाई समीकको कटाक्ष : धोबीखोला कोट्याएर छोड्दा दुई जनाको बगेर ज्यान गयो, जनता भुलाउन फेरि उत्तेजक स्टाटस नलेख्नुहोस

इकागज |
असार २३, २०८१ आइतबार १५:३९ बजे

काठमाडौँ- अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह 'बालेन' लाई कटाक्ष गरेका छन् ।

बडालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनको नाम लिएर हरेक वर्ष २५ अर्ब बजेट भएको महानगरपालिकाले केही पनि काम गर्न सकेन भन्ने कुरालाई छोप्न र मान्छेको ध्यान अन्यत्रै मोड्न अरू केही उत्तेजक स्टाटस लेख्ने तयारी गर्नुस् भनेका छन् ।


उनले लेखेका छन्, 'आफ्नो अकर्मण्यता छोप्ने यो तरिका अझै केही समय चल्न सक्छ । पोहोर तपाईंले कोट्याएर छोडेको धोबीखोला अहिले पनि त्यस्तै छ । दुई जनाको बगेर ज्यान गयो । फेरि मान्छे डुब्न सक्छन्, केपी ओलीको विरोधमा अर्को स्टाटस लेखेर त्यो अपराध धुने तयारी गर्नुहोला ।'

अध्यक्ष समिक बडालले थप लेखेका छन्, 'स्टाटस पढेर तपाईंका उनमादी समर्थकहरूले महानगरभित्र डुबानको समस्याबाट मुक्ति पाइसके । फेसबुकबाट अर्को मुक्ति दिने तयारी गर्नुस् ।'


Author

थप समाचार
x