राजनीति

सहकारी छानबिन समिति

सहकारी पीडितको रकम फिर्ता गर्न बचतका आधारमा तीन चरणको वर्गीकरण गर्न सुझाव

इकागज |
असार २४, २०८१ सोमबार १५:२५ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी बचतकर्ताको रकम फिर्ता गर्न बचतका आधारमा तीन चरणको वर्गीकरण गर्न सुझाव दिएका छन् ।

सिंहदरबारमा सोमबार बसेको सहकारीको संस्था बचत रकम सम्बन्धमा संसदीय छानबिन समिति बैठकमा अधिकारीले एक लाखसम्मका बचतकर्ता, पाँच लाखसम्मका बचतकर्ता र सोभन्दा बढी बचत गर्ने बचतकर्ता गरी तीन चरणमा वर्गीकरण गरी रकम फिर्ता गर्न सहज हुने सुझाव दिएका हुन् ।


उनले समस्याग्रस्त सहकारीका सम्बन्धमा विशेष टीम गठन सकिने पनि सुझाव दिएको समिति संयोजक सूर्य थापाले बताए । भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको, नियमनलाई कम महत्व दिएको र सुपरिवेक्षण हुन नसकेको कारणले सहकारीमा समस्या देखिएको धारणा पनि गभर्नरले राखेको उनले बताए ।

समिति संयोजक थापाले समितिमा गभर्नरका साथै बैंकर्स एशोसिएसन, कर्जा सूचना केन्द्र, पछिल्लो सहकारी सुझाव समितिसँग पनि छलफल गरेको जानकारी दिए । छलफलका क्रममा एउटै कर्जा सूचना केन्द्र बनाउन सकिने समेत सुझाव आएको थापाले बताए ।

समितिले अर्को बैठकमा सहकारी विभागका पूर्व रजिष्टारहरूसँग छलफल गर्ने जनाएको छ । समिति सभापति थापाले सहकारी पीडितको बचत स्वयं सहकारी संस्थाहरूबाटै असुलउपर गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको जिकिर गरे । 


Author

थप समाचार
x