राजनीति

रास्वपाले मुकुल ढकाललाई गर्‍यो कारबाही

इकागज |
असार २५, २०८१ मंगलबार १२:४३ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई कारबाही गरेको छ । मंगलबार च:मतिमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य मात्र राख्ने गरी अरू पदीय जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

पार्टीका सहप्रवक्ता मनिष झाका अनुसार केन्द्रीय अनुशासन आयोगले गरेको सिफारिसअनुसार ढकाललाई पदमुक्त गर्ने निर्णय भएको हो ।


उनले ढकाललाई रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त गरेको जानकारी दिए । पार्टीको आचारसंहिता उल्लंघन गरेको र पार्टीलाई क्षतिसमेत पुर्‍याएको भन्दै रास्वपाले ढकाललाई कारबाही गरेको हो ।


Author

थप समाचार
x