राजनीति

संविधान संशोधन एउटा पार्टीले मात्र चाहेर हुँदैन: थापा

इकागज |
असार २७, २०८१ बिहीबार १३:४६ बजे

फाइल फोटो

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताएका हुन् । '१० वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ,' उनले भने । 


महामन्त्री थापाले एमाले र कांग्रेसबीच भएको सातबुँदे समझदारी पालना गरिने बताए । पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्ने उनको भनाइ थियो । महामन्त्री थापाले सातबुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन समितिमा बृहत् छलफल भएको र यसलाई पार्टीले स्वीकार गरेको उल्लेख गर्दै लिखित समझदारीलाई कसैले पनि हलुका रूपमा लिन नहुने बताए ।


Author

थप समाचार
x