संसद् सचिवालयको पत्र शीतल निवासमा, राष्ट्रपतिले आजै सरकार गठनको आव्हान गर्ने
काठमाडौँ- सभामुख देवराज घिमिरेले सरकारले विश्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालय शीतल निवास पठाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज लिएको विश्वासको मतमा केवल ६३ मत मात्र प्राप्त गरेपछि उनी पदमुक्त भएका थिए । सो व्यहोराको पत्र संसद् सचिवालयले राष्ट्रपति कार्यालयलाई पठाएको छ । अहिले सो पत्र राष्ट्रपति कार्यालय पुगिसकेको बताइएको छ ।
संसद् सचिवालयको पत्र पुगेसँगै आजै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आव्हान गर्ने भएका छन् ।
साथै कांग्रेस र एमालेले राष्ट्रपतिले सरकार गठनको आव्हान गर्नासाथ आजै नयाँ सरकारको दाबी पेस गर्ने बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया