राजनीति

नयाँ सरकारमा मन्त्री पठाउन छलफलमा जुट्यो कोइराला समूह

इकागज |
असार ३०, २०८१ आइतबार १२:५८ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले आफ्ना समूहका नेतासँग छलफल गरेका छन् ।

आइतबार बिहान कोइरालाको विशालनगरस्थित सचिवालयमा पछिल्लो राजनीतिक अवस्था र आफ्नो समूहबाट  केपी ओलीको नेतृत्वमा बन्ने सरकारमा मन्त्री पठाउने बिषयमा छलफल भएको हो । 


छलफलमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडु, डा.मिनेन्द्र रिजाल र डा. चन्द्र भण्डारी सहभागिता रहेको थियो । छलफलमा सहभागी नेताहरूले आ-आफ्नो धारणा राखेका थिए ।


 
यद्यपी नयाँ बन्ने सरकारमा कोइराला समूहबाट क-कसलाई पठाउने भनेर नाम सार्वजनिक गरिसकेको छैन । पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वासको मत नपाएपछि सरकार ढलेको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ ।


Author

थप समाचार
x