राजनीति

जनतालाई न्याय मिल्ने गरी कानुन निर्माण गर्छौं : नवनियुक्तमन्त्री चौरसिया

इकागज |
असार ३१, २०८१ सोमबार १७:२७ बजे

काठमाडौँ- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सिंहदरबारस्थित मन्त्रालयमा आफ्नो पद बहाली गरेका छन्  । पद बहालीपश्चात् उनले जनतालाई न्याय मिल्ने गरी कानुन निर्माण गर्ने बताए ।  

'कानुन बनाउने मन्त्रालय भएकाले विधेयकहरू कति छन्, हामीले बनाउनुपर्ने कानुनहरू कति छन्, ती सबै कुराको ख्याल गरी जनतालाई न्याय मिल्ने गरी कानुन बनाउँछौँ,' मन्त्री चौरसियाले भने । 


आमा लक्ष्मीदेवी र बाबु हरिकिशोरको सन्तानका रूपमा उनको जन्म पर्सामा २०२१ माघ १५ गते भएको हो । मधेश प्रदेशको पर्सा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौरसियाले नेपाली कांग्रेसबाट राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । उनी २०५६ सालमा पनि पर्सा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेता चौरसिया संविधानसभाको पहिलो निर्वाचनमा पर्सा क्षेत्र नं ३ बाट निर्वाचित भएका थि । उनीग सार्वजनिक लेखा समिति र राष्ट्रिय हित संरक्षण समितिमा काम गरेको अनुभव छ । उनी २०६२/६३ को जनआन्दोलनमा पटकपटक थुनामा परेका थिए । सो क्रममा नेता चौरसिया करिब चार महिना वीरगन्ज कारागारमा बसेका थिए । उनी हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत हुन् ।


Author

थप समाचार
x