राजनीति

कायममुकायम मुख्यसचिव बनिन् लीलादेवी गड्तौला

इकागज |
असार ३१, २०८१ सोमबार २०:४० बजे

काठमाडौँ- सरकारले निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ ।

सोमबार बसेको केपी ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले हाल निमित्त मुख्यसचिव रहेकी गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको हो । नेपालको इतिहासमा उनी पहिलोपटक पूर्ण जिम्मेवारीसहितको पहिलो कामु मुख्य सचिव बनेकी छन् ।



Author

थप समाचार
x