राजनीति

सरकारको मुख्य प्राथमिकतामा शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र : प्रधानमन्त्री ओली

इकागज |
असार ३१, २०८१ सोमबार २१:३८ बजे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन कायम गराउनुका साथै शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्ने बताएका छन् ।

नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै पक्षको साथ लिएर मुलुकको सुशासन र विकासलाई प्राथमिकता दिन सरकार कटिबद्ध रहेको बताए ।


उनले दुवै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर बनाउन पनि लाग्ने उल्लेख गरे । त्यस अवसरमा जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।


Author

थप समाचार
x