Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

राजनीति

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

इकागज |
साउन १, २०८१ मंगलबार १५:५३ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन् । 

राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गरेका हुन् ।


राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x