Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

राजनीति

परराष्ट्रमन्त्री राणासँग एनआरएनए पदाधिकारीको भेटवार्ता

इकागज |
साउन ३, २०८१ बिहीबार १५:५ बजे

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटघाट गरेको छ ।

एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको नेतृत्वमा भएको टोलीले मन्त्री राणाको सफल कार्यकालका लागि बधाई तथा शुभकामना दिएको थियो ।  


बिहीबार काठमाडौँमा भएको भेटमा संघका अध्यक्ष डा. बद्री केसीले परराष्ट्रमन्त्री समक्ष एनआरएन अभियानका समसामयिक महत्त्वपूर्ण विषयबारे जानकारी गराएका थिए ।  

मन्त्री राणाले एनआरएनए अभियानसँग जोडिएर मुलुकको समृद्धिका लागि रचनात्मक सहकार्य गर्ने वचनबद्धता व्यक्त गरेकी थिइन् ।  

भेटमा एनआरएनए उपाध्यक्ष रोजिना प्रधान, अर्जुन श्रेष्ठ लगायतको उपस्थिति थियो । 


Author

थप समाचार
x