राजनीति

प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिक सल्लाहकारमा खतिवडा

इकागज |
साउन ३, २०८१ बिहीबार १९:१८ बजे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा बनेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खतिवडालाई आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । खतिवडा २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री बनेका थिए ।


यस्तै ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए ।

 

 


Author

थप समाचार
x