Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

राजनीति

संसद्‌ भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि, मन्त्रीसहित सचिवसँग छलफल गर्दै

इकागज |
साउन ४, २०८१ शुक्रबार ९:३९ बजे

काठमाडौँ- निर्माणाधिन संसद्‌ भवनको ढिलाइबारे सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन् ।

साउन २ गते दिउँसो ४ बजे पूर्व जानकारी बिना (आकस्मिक) सभामुख निर्माणाधिन संसद्‌ भवन पुग्दा कामदारको संख्या न्यून रहेको र पाँचौ पटक संसद्‌ भवनको निरीक्षण गर्न पुगेका सभामुखले निर्माण प्रगतिबारे सन्तुष्ट हुन नसकिएको प्रतिक्रिया दिएका थिए । 


तीन सिफ्टमा काम गर्ने भनिएको डेढ वर्ष पुग्दा पनि एक सिफ्टमै काम भइरहेको पाइयो । ८२ प्रतिशत निर्माण प्रगति भनिए पनि संरचनाले त्यस्तो पुष्टि गर्न नसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ । कोभिडका कारण निर्माण समयमा पूरा गर्न नसकिएको बताउने निर्माण पक्ष र हाम्रो सरकारी संयन्त्र पछिल्ला २ वर्ष पनि उही कारण देखाउने अवस्थामा छ ।

यस बिषयमा बुझ्न सभामुख घिमिरेले आज बिहान ११ बजे सिंहदरबारमा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद्‌ भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीलाई बोलाएका छन् ।


Author

थप समाचार
x