Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

राजनीति

सहकारी छानबिन समिति

स्थानीय तहमा रहेका २४ हजार सहकारीमध्ये १ हजार ९ सय २३ वटा सहकारी काठमाडौँमा

बागमती प्रदेशमा २ सय ८४ भन्दा बढी सहकारीविरुद्ध उजुरी

इकागज |
साउन ४, २०८१ शुक्रबार १७:२५ बजे

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका सम्बन्धमा प्रदेश र स्थानीय तहका नियामक निकायसंग छलफल गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सहकारी सञ्चालनको अवस्थाका बारेमा सम्बन्धमा प्रदेश र स्थानीय तहका नियामक निकायका पदाधिकारीहरूसँग छलफल गरेको हो । सो क्रममा समितिको कार्यादेशको अनुसूची २ मा रहेका सुर्यदर्शन, सानोपाइला लगायतका सहकारीका सम्बन्धमा छलफल भएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । उनले स्थानीय तहमा रहेका २४ हजार सहकारीमध्ये १ हजार ९ सय २३ वटा सहकारी काठमाडौँमा रहेको पाइएको बताए ।


त्यस्तै गोर्खा मिडियामा सुर्यदर्शन सहकारीबाट ४ करोड ८८ लाख र २० लाख ऋण प्रवाह भएको र जिवि ग्रुप अफ कम्पनीमा ५० लाख गएको देखिएको संयोजक थापाले जानकारी दिए ।

त्यस्तै उनले सुप्रिम सहकारीमा समस्या आएपछि, प्रदेशको नियामक निकायले पनि अध्ययन गरेको देखिएको बताए । देशभरमध्ये बागमती प्रदेशमा २ सय ८४ भन्दा बढी सहकारीविरुद्ध उजुरी परेको जानकारी प्राप्त भएको संयोजक थापाले जानकारी दिए ।


Author

थप समाचार
x