राजनीति

कांग्रेस-एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि बढ्छ : वनमन्त्री शाही

इकागज |
साउन ५, २०८१ शनिबार १९:३७ बजे

काठमाडौँ- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कांग्रेस-एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि बढ्ने बताएका छन् ।

रिपोर्टस क्लब नेपालले शनिबार काठमाडौँमा गरेको साक्षात्कारमा उनले शीर्ष नेताहरूले सुझबुझका साथ गठबन्धन बनाएको बताउँदै २०८४ को निर्वाचनसम्म यही गठबन्धन सरकार अगाडि बढ्ने दाबी गरेका हुन् । सरकार फेरबदलबाट जनता हैरान भइसकेको बताउँदै कांग्रेस–एमाले गठबन्धन अन्तिम विकल्प रहेको उनले बताए ।


उनले कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने कुरामा सत्यता नरहेको जिकिर गरे । सरकारले लोकतन्त्रलाई सुदृढ बनाउने, गणतन्त्रलाई संस्थागत गर्ने र यसमा भएका कमीकमजोरी सुधार गरेर अगाडि बढ्ने उनको भनाइ छ । मन्त्री शाहीले वर्तमान सरकार विशिष्ट परिस्थितिमा निर्माण भएको उल्लेख गर्दै सुशासन, राजनीतिक स्थायित्व र विकास दिएर देशलाई अग्रगतिमा लैजाने धारणा राखे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा दुई तिहाइको हाराहारीमा विश्वासको मत पाउने दाबी गर्दै विश्वासको मत प्राप्त गरेसँगै देशलाई अगाडि बढाउने गरी वृहत् कार्यक्रम आउने बताए ।


Author

थप समाचार
x