कांग्रेस-एमालेबीचको सहकार्य रहर नभइ बाध्यता हो : मन्त्री पाण्डे
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेस-एमालेबीचको सहकार्य रहर नभइ बाध्यता भएको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित बधाई एवं शुभकामना कार्यक्रममा मन्त्री पाण्डेले मुलुकको विकृति र विसंगतीलाई अन्त्यका साथै निराशालाई अन्त्य गर्नका लागि नयाँ सहमति भएको भन्दै उक्त सहमति रहर नभइ बाध्यता भएको बताएका हुन् ।
मुलुकलाई अघि बढाउन कांग्रेस-एमालेले बनाएको ब्रम्हास्त्रलाई उपयोगी र निर्णायक बनाउनुपर्ने उनको भनाइ छ । मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको क्षेत्रमा विकृतिले जरा गाढेको पाइएको भन्दै त्यसलाई निकास दिने गरी आफू अघि बढ्ने उल्लेख गरे ।
स्वच्छतासहितको काम अहिलेको आवश्यकता भएकाले त्यसमा आफू गम्भीर भएर लाग्ने उनले बताए । उनले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने र स्वदेशमा रहेकालाई अवसर दिने गरी वर्तमान सरकारले काम गर्ने जिकिर गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया