Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

राजनीति

राष्ट्रपतिलाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद

इकागज |
साउन ६, २०८१ आइतबार १४:५८ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेललाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान गरिएको छ । 

दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेको हो ।  


भीमेश्वर मन्दिरको मूर्तिमा पसिना आएपछि पसिना पुछेको कपास महाप्रसादका रूपमा राष्ट्रप्रमुखलाई बुझाउने चलन छ । राष्ट्रप्रमुखलाई महाप्रसाद बुझाएपछि साइत जुराएर विधिपूर्वक क्षमापूजा गरिन्छ ।

शनिबार दिउँसो भीमसेनको मूर्तिको बायाँ भागमा पसिना आएको बताइएको छ ।


Author

थप समाचार
x