Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

राजनीति

ऊर्जामन्त्री खड्काले भने- डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका लाइन जोडिन्छन्

इकागज |
साउन ७, २०८१ सोमबार १४:५८ बजे

फाइल तस्बिर

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका लाइन जोडिने बताएका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले व्यवसायीहरूले तिर्नुपर्ने रकम तिर्ने वातावरण बनाउनका लागि पनि डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका लाइन जोडिने बताएका हुन् । उनले व्यवसायीहरूबाट उठ्न बाँकी रकमको निर्क्यौल हुन बाँकी रहेको जिकिर गरे ।


मन्त्री खड्काले यस विषयमा निरन्तर बैठक बसिरहेको भन्दै छिट्टै आवश्यक निष्कर्ष निस्कने दाबी गरे ।


Author

थप समाचार
x