सहकारी छानबिन समिति
स्थानीय तहमा रहेका २४ हजार सहकारीमध्ये कुनैमा पनि ठगीसम्बन्धी समस्या देखिएन : संयोजक थापा
काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारीका अवस्थाका बारेमा संघीय मामिला मन्त्रालयका साथै स्थानीय तहका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको समितिको १९ औं बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवका साथै नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ लगायतका निकायसँग छलफल गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।
छलफलका क्रममा स्थानीय तहमा रहेका २४ हजार सहकारीमध्ये कुनैमा पनि ठगी सम्बन्धी समस्या नदेखिएको जानकारी प्राप्त भएको उनले बताए । त्यस्तै थापाले स्थानीय तहमा सहकारीलाई थप सुदृढ बनाउनका साथै समस्यामुक्त बनाउन सुझावहरू समेत आएको उल्लेख गरे ।
उनले सहकारी संस्था बचत रकम दुरुपयोगको छानबिनका लागि सरोकारवालासँग निरन्तर छलफल गर्ने र आवश्यक निष्कर्षमा पुगिने जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया