राजनीति

जनतामा आशा जगाउने गरी काम गर्न खानेपानीमन्त्री यादवको निर्देशन

इकागज |
साउन ८, २०८१ मंगलबार २०:२० बजे

काठमाडौँ- खानेपानी मन्त्री प्रदीप यादवले जनतामा सृजित निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

मन्त्री यादवले आज काठमाडौँस्थित नेपाल खानेपानी संस्थान पुगेर संस्थानको खानेपानी वितरण प्रणालीलाई सुदृढ गर्दै जनताको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन दिए । उनले भने, 'जनताको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्नुस्, के सहयोग चाहिन्छ, मन्त्रालय गर्न तयार छ ।'


उनले नागरिकले शुद्ध खानेपानी खानका लागि सङ्घर्ष समिति गठन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै जनतामा नेतृत्वप्रति चरम निराशा छाएको उल्लेख गरे । 

सोही क्रममा मन्त्री यादवले नेपाल खानेपानी संस्थानका गतिविधि, देशभर सञ्चालनमा रहेका कार्यालयको अवस्था, सञ्चालनमा रहेका परियोजना तथा कार्यक्रम र कार्यान्वयनका क्रममा आएका चुनौतीको जानकारी लिएका थिए । 

मन्त्री यादवले आजै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको मुख्य कार्यालयको भ्रमण पनि गरे । भ्रमणका क्रममा उनले कम्पनीको इतिहास, गतिविधि, सञ्चालनमा रहेका परियोजना, तिनीहरूको कार्यान्वयनको अवस्था, प्रगति विवरण, आगामी कार्य योजना तथा चुनौतीबारेमा विस्तृत जानकारी लिए ।


Author

थप समाचार
x