राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण

सर्वोच्चद्वारा बेचन झालाई थुनामुक्त गर्न अस्वीकार

इकागज |
साउन १०, २०८१ बिहीबार १६:३९ बजे

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

बिहीबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो ।


थुनामा रहेका झाका छोरा दिव्यान्शु शेखर झाले गत असार ३० गते सर्वोच्चमा रिट हालेका थिए । सो रिट असार ३१ गते न्यायाधीश विनोश शर्मा र गत साउन ६ गते ढुंगानका कै इजलासमा पेसी परेको थियो । तर, आफू अनुकूलका न्यायाधीश नभएको भन्दै उनका कानून व्यवसायीले पेसी स्थगित गरेका थिए ।

झालाई प्रहरीले गत असार १५ गते राति पक्राउ गरेको थियो । झालाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा बिचौलिया भूमिका निर्वाह गरेको आरोप छ । 
 


Author

थप समाचार
x