Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

राजनीति

लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त

इकागज |
साउन १०, २०८१ बिहीबार १७:२८ बजे

काठमाडौँ- सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई  मुख्य सचिव नियुक्त गरेको हो । 

यससँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । उनलाई असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो ।


त्यसअघि तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।

गड्तौला भदौ १५ गतेसम्म मुख्यसचिव रहनेछन् । उनी उमेर हदका कारण अवकाश लिँदैछिन् । 


Author

थप समाचार
x