Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

राजनीति

कर्मचारीलाई उपप्रधानमन्त्री सिंहकाे निर्देशन : जनताले प्रत्यक्ष लाभ महसुस गर्ने गरी काम गर्नूस्

इकागज |
साउन १०, २०८१ बिहीबार १७:५४ बजे

काठमाडौँ- उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताले प्रत्यक्ष लाभको महसुस गर्ने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

बिहीबार शहरी विकास तथा भवन निर्माणले विभागमा आयोजना गरेको उपप्रधान एवं शहरी विकास मन्त्रीको स्वागत तथा विभागबाट सम्पादित कार्यक्रमहरूको संक्षिप्त प्रस्तुतीकरण कार्यक्रममा मन्त्री सिंहले कर्मचारीहरूलाई यस्ताे निर्देशन दिएका हुन् ।


काम गर्ने क्रममा केही समस्या परे मन्त्रालयमार्फत समाधान गर्ने भन्दै मन्त्री सिंहले जनताले महसुस गर्ने गरी काममा ध्यान दिन निर्देशन दिए । शहरी विकास तथा भवन निर्माण विभाग मन्त्रालयको महत्त्वपूर्ण विभाग भएको भन्दै मन्त्री सिंहले कर्मचारीहरूलाई लगनशील तथा इमान्दारितापूर्वक काम गर्न आग्रह गरे ।


Author

थप समाचार
x