Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

राजनीति

पहिलो महिला मुख्यसचिव भएपछि गड्तौलाले दिइन् प्रधानमन्त्री ओलीलाई धन्यवाद

इकागज |
साउन १०, २०८१ बिहीबार १८:२५ बजे

काठमाडौँ- सरकारले मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव बनाएको हो । मन्त्रिपरिषद् बैठकको सुरु मै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मुख्यसचिव बनाउने प्रस्ताव गरेको र पारित भएको गड्तौलाले बताइन् । आफू मुख्यसचिव भएपछि काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले महिलालाई मुख्यसचिव बनाएकोमा धन्यवाद दिइन् ।


मुख्यसचिव​ गड्तौलाले मन्त्रिपरिषदमा महिलाका एजेण्डाहरू राम्रोसँग अघि बढिरहेको पनि उल्लेख गरिन् ।

नेपालका इतिहासमा पहिलो महिला मुख्यसचिव नियुक्त हुँदा निकै जिम्मेवारी बोध भएको बताइन् । उनले मुख्यसचिव आफूले कल्पना गरेको पद नभएको धारणा राखिन् । यसअघि उनलाई असार ३१ गते कायमुकायम मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । 


Author

थप समाचार
x