Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

राजनीति

सहकारी छानबिन समिति

सहकारी ठगी नियन्त्रण गर्न हालको कानुनले समाधान नदिए प्रभावकारी कानुन निर्माण गर्न सुझाव

इकागज |
साउन १०, २०८१ बिहीबार १९:२ बजे

काठमाडौँ- महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगी नियन्त्रण गर्न हालको कानुनले समाधान नदिए प्रभावकारी कानुन निर्माण गर्न सुझाव दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति बैठकमा महान्यायाधिवक्ता रमेश बडालले यस्तो सुझाव दिएका हुन् । समितिले सुझावका लागि महान्यायाधिवक्ता बडाल, सर्वोच्चका वरिष्ठ, रजिष्टार देवेन्द्र राज ढकाल, नायव महान्यायाधिवक्ताका साथै सहमहान्यायाधिवक्ता समेतलाई समितिमा बोलाएको थियो ।


छलफलका क्रममा सहकारी क्षेत्रलाई समस्यामुक्त बनाउनका लागि प्रभावकारी कानुन चाहिने सुझाव आएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

त्यस्तै सहकारी ठगी सम्बन्धमा सहकारी ऐन अनुसार सहकारी ठगी र अपराध संहिता अनुसार ठगीमा मुद्दा चलाउने समय नपुगेकाले नयाँ प्रबन्ध गर्नुपर्ने सुझाव आएको पनि उनले बताए ।

सहकारी ठगीमा प्रहरीले जाहेरी लिन नमाने सरकारी वकीलमार्फत पनि जाहेरी दिन सकिने प्रबन्ध रहेको जानकारी आएको उनले बताए ।  


Author

थप समाचार
x