राजनीति

पहिलो महिला मुख्यसचिवलाई प्रधानमन्त्रीको बधाई

इकागज |
साउन १०, २०८१ बिहीबार २०:५३ बजे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको मुख्यचिवमा पहिलो महिलाका रूपमा लीलादेवी गड्तौला नियुक्त भएकामा बधाई व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत ‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व गर्नेमा पहिलो पटक महिला भएकामा बधाई दिएका हुन् ।


प्रधानमन्त्री ओलीको अध्यक्षतामा आज भएको मन्त्रिपरिषद्को बैठकले कायममुकायम निमित्त मुख्यसचिव गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

 


Author

थप समाचार
x