राजनीति

सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृति कम्युनिष्ट नेताहरूमा देखियो - उपेन्द्र यादव

इकागज |
साउन १२, २०८१ शनिबार १७:५२ बजे

फाइल फाेटाे

काठमाडौँ - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृत्ति कम्युनिष्ट नेताहरूमा देखिएको बताएका छन् । 

पुष्पलालको जन्म शताब्दीको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा यादवले कम्युनिष्ट पार्टीका नेताहरूमा सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृत्ति देखिएको बताएका हुन् । 


उनले सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठानेर उनीहरूले राजावादी, कांग्रेस सवैसँग सहकार्य गरेको धारणा राखे । उनले सच्चा कम्युनिष्ट भन्नेहरूले भने अहिले पनि दुःख पाइरहेको जिकिर गरे ।  यादवले एउटा वर्ग समुदायले हालिमुहाली गरेर सत्ता आउने भएपनि समाजवाद आउन नसक्ने धारणा राखे । 
उनले मुलभुत मुद्दालाई केन्द्रित गरेर अघि बढ्ने नेतृत्वको अभाव, अवसरवादको चरम सीमाले गर्दा समाजवादको यात्रा कठिन देखिएको बताए । 


Author

थप समाचार
x