राजनीति

सहकारी क्षेत्रका विषयमा समितिले लियो विभिन्‍न राजनीतिक दलसँग सुझाव

इकागज |
साउन १३, २०८१ आइतबार १७:१८ बजे

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका विषयमा विभिन्न राजनीतिक दलहरूसँग सुझाव लिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा एमाले लगायत अन्य दलले सहकारीका विषयमा सुझाव दिएका हुन् । बैठकमा एमालेको सहकारी विभागले लिखित सुझाव दिएका थिए भने अन्य केही दलले पनि मौखिक तथा लिखित सुझाव दिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । उनले सबैको सुझावका आधारमा सहकारी संस्था बचत रकम दुरुपयोगका सम्बन्धमा अध्ययन गर्न सहज हुने बताए ।


त्यस्तै आइतबार नै समितिले चार्टर्ड एकाउन्टेन्ट सम्बन्धी संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेको थियो । सो क्रममा सहकारी क्षेत्रको लेखा परीक्षणका क्रममा देखिएका तथ्यहरूका बारेमा जानकारी लिएको उनले बताए ।

नियमन नभएका कारण नै सहकारीमा बचत दुरुपयोगको अवस्था आएको संयोजक थापाले बताए । सहकारी संस्था बचत रकम दुरुपयोगको छानबिनका लागि निरन्तर सरोकारवाला निकायहरूसँग छलफल गर्ने र निष्कर्षमा पुगिने उनले बताए । 


Author

थप समाचार
x