राजनीति

निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमानले लिए नाम फिर्ता

इकागज |
साउन १४, २०८१ सोमबार १४:३४ बजे

काठमाडौँ- ​निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् ।

प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक आज ५ बजे बस्दै थियो । यसअघि बिहान साढे ११ बजे बस्ने भनिएको बैठक साँझ ५ बजेसम्मका लागि सारिएको थियो । यस बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने बताइएको थियो । तर, समितिले निर्णय नगर्दै प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् ।


प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन् । सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए ।

यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संवैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोध समेत भएको थियो ।


Author

थप समाचार
x