राजनीति

सरकारले व्यवसाय गर्न सहज वातावरण बनाउने प्रयास गरेको छ : मन्त्री सिंह

इकागज |
साउन १४, २०८१ सोमबार १५:१३ बजे

काठमाडौँ- उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले व्यवसाय गर्न सहज वातावरण बनाउने प्रयास गरेको बताएका छन् ।

कार्गो दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सिंहले मौद्रिक नीतिका साथै अन्य नीतिबाट पनि व्यवसाय गर्न सहज वातावरण बनाउने काम सरकारले गरेको बताएका हुन् ।


उनले अब कुरा भन्दा पनि काम गरेर देखाउनुपर्ने अवस्था आएको धारणा राखे । कार्गो क्षेत्रको समस्या समाधानका लागि सरकारले गर्नुपर्ने कामका लागि आफूले सहजीकरण गर्ने उनको भनाइ छ ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 


Author

थप समाचार
x