राजनीति

विपक्षी गठबन्धनले बिहीबारबाट प्रतिगमनविरुद्ध आन्दोलन गर्ने

इकागज |
असार ९, २०७८ बुधबार २१:१८ बजे

काठमाडौँ : विपक्षी गठबन्धनले भोलिदेखि प्रतिगमनविरुद्ध आन्दोलन गर्ने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज साँझ बसेको विपक्षी गठबन्धनको बैठकले ओलिदेखि स्वास्थ्यका मापदण्ड अपनाएर आन्दोलन गर्ने निर्णय गरेको हो । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका नेता सहभागी बैठकले भोलीबाट प्रतिगमनविरुद्ध जनपरिचालनका कार्यक्रम गर्ने निष्कर्ष निकालेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 


‘हामीले प्रतिगमनविरुद्ध भोलिबाट जनपरिचालनका कार्यक्रम गर्ने निष्कर्ष निकालेका छौं,’ प्रवक्ता श्रेष्ठले इकागजसँग भने, ‘भोलि विद्यार्थी संगठनहरूले प्रतिगमनविरुद्ध कार्यक्रम गर्छन् ।’आन्दोलनलाई लोकतन्त्र, संविधान र स्वाधिनताका पक्षमा उभ्याउने श्रेष्ठले बताए ।

सर्वोच्च अदालतले मंगलबारमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ र २८ गते गरेको मन्त्रिपरिषद विस्तारलाई कार्यान्वयनमा नल्याउन दिएको अन्तरिम आदेशलाई बैठकले सकारात्मक भनेको छ । बैठकले ७ जेठमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन पनि संविधानसम्मत गरिकाले फिर्ता गर्ने आधार विश्वास लिएको छ । 

‘मन्त्रिपरिषद् विस्तारलाई बदर गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशलाई बैठकले सकारात्मक रूपमा लिएको छ,’ श्रेष्ठले भने, ‘ संविधानको ७६ (५) को सरकार बनाउने आधार प्रष्ट हुँदाहुँदै पनि सरकारले प्रतिनिधि सभा विघटन गरेकाले संविधानसम्मत तरिकाले फिर्ता गरिदिने छ भन्ने विश्वास हामीले लिएका छौं ।’
 


Author

थप समाचार
x