राजनीति

म निष्ठापूर्व काम गर्न प्रतिबद्ध छु: मन्त्री पाण्डे

इकागज |
साउन १८, २०८१ शुक्रबार ११:१७ बजे

काठमाडौं-संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेले निष्ठापूर्व काम गर्न प्रतिबद्ध रहेकाे बताएका छन्।

शुक्रबार नेपाली कांग्रेस पर्यटन विभागद्वारा आयोजित नेपाल लाेकतान्त्रिक पर्यटन व्यवसायी सम्बद्ध पर्यटन व्यवसायीसँगकाे छलफल एवं अन्तरक्रिया  कार्यक्रममा बाेल्दै उक्त कुरा बताएका हुन् । उनले संस्कृति र  प्रकृतिलाई सँगसँगै लिन सकेमा  पर्यटनकाे विकास हुने दाबी गरे । आफू हाल १८ घण्टा मन्त्रालयको काममा खटिएकाले परिणाममुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।


मन्त्री पाण्डेले पर्यटनमैत्री पर्यटन नीति बन्नेमा पर्यटन व्यवसायीलाई ढुक्क रहन आग्रह गरे । उनले आफूलाई पार्टी,नेता र कार्यकर्ताकाे विश्वासमा कुठाराघात नगरि निष्ठा पूर्वक काम गर्न प्रतिबद्ध रहेकाे बताए।

साथै उनले पर्यटन व्यवसायीहरूलाई व्यक्तिगत लाभका काम नभई समग्र मुलुककाे समृद्धि र विकासमा टेवा पुग्ने काम गर्ने  प्रतिबद्धता दाेहाेर्याए। पर्यटन व्यवसायी आफैंमा थिङट्याक्क भएकाले निष्कर्ष र निचाेड सहितकाे सुझाव दिन समेत आग्रह गरे।


Author

थप समाचार
x