राजनीति

उद्योग समिति बैठक

विद्युतीय व्यापार विधेयक छिटो पारित गरेर अघि बढाउन उद्योगमन्त्री भण्डारीको आग्रह

इकागज |
साउन १८, २०८१ शुक्रबार १५:१९ बजे

काठमाडौँ- उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले उक्त विधेयकका सन्दर्भमा संशोधनकर्ता सांसदसँग छलफल गरेको हो । सो क्रममा उनीहरूले विद्युतीय व्यापारका मार्फत नेपालको उत्पादनलाई विश्व बजारमा सहज रूपमा निर्यात गर्न सक्ने गरी कानुन बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले विद्युतीय माध्यमबाट हुने व्यापारबाट हुनसक्ने ठगीलाई नियन्त्रण गर्न विधेयक निकै महत्वपूर्ण हुने बताएका छन् ।


बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक छिटो पारित गरेर अघि बढाउन आग्रह गरे । उनले सरकारले तयार गरेका ड्राफ्टमाथि सांसदहरूले दिएका जायज सुझावहरूलाई विधेयकमा समेट्ने प्रतिबद्धता जनाए ।

सरकारले विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन गर्न तथा व्यवस्थित र विश्वसनीय बनाउँदै प्रवर्द्धन गर्न उक्त विधेयक ल्याएको हो ।


Author

थप समाचार
x