संविधान संशोधनका विषयमा फैलाइएको भ्रममा नपर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विषयमा फैलाइएको भ्रममा नपर्न आग्रह गरेका छन् ।
आइतबार एमाले पार्टी कार्यालय च्यासलमा मनोनीत भएका पदाधिकारीका साथै अन्य केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउँदै ओलीले देश र जनताको हितका लागि आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने भन्दै अहिले संशोधनका विषयमा भ्रम फैलाउन खोजिएकाले भ्रममा नपर्न आग्रह गरेका हुन् ।
अहिलेको समीकरणले संविधान संशोधनको कुरा गर्दा प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीले स्टन्डबाजी गर्न खोजेको उनले बताए । ओलीले एमाले सही विचार बोकेर देश केन्द्रित, परिवर्तन केन्द्रित कार्यक्रमका साथ अघि बढ्ने उल्लेख गरे । उनले लोकतन्त्रमा नाममा पार्टीभित्र गुटबन्दी भए पार्टी समाप्त हुने जिकिर गरे । एमालेभित्र कुनै पनि प्रकारको गुटबन्दी स्वीकार्य नहुने उनको भनाइ छ ।
यसअघि बसेको एमाले सचिवालय बैठकले एक जनालाई उपाध्यक्ष, दुई जनालाई स्थायी कमिटी सदस्य तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया