राजनीति

संविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ : अध्यक्ष नेपाल

इकागज |
साउन २१, २०८१ सोमबार ११:१६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

नेकपा समाजवादी काठमाडौँ महानगर कमिटीद्वारा कामपा–१८ नरदेवीमा आइतबार अयोजित कार्यक्रममा उहाँले लोकतन्त्र,संविधानको रक्षा  एवं राजनीतिक सङ्कटका समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको बताए ।  


उनले भने,“आगामी दिनमा पार्टीलाई आत्मविश्वासका साथ जनताको सेवामा थप सशक्त र केन्द्रित गर्नुपर्छ ।  आर्थिक समृद्धि र सुशासन कायम गर्नु नै अहिलेको प्रमुख चुनौती हो । लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य हुँदैन । वामपन्थी र प्रगतिशील शक्तिबीच एकताको खाँचो  छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीचको समन्वय र सहकायलाई बलियो बनाउनुपर्छ । सो अवसरमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा प्रवेश गरेकालाई स्वागतसमेत गरेका थिए । 
 


Author

थप समाचार
x