सेयर मूल्य कृत्रिम रुपमा बढाइयो, निगरानी होस्- अमरेशकुमार सिंह
काठमाडौं - सांसद डा. अमरेशकुमार सिंहले सेयरको मूल्य कृतिम रुपमा बढाइएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद सिंहले अहिले सेयरको मूल्य कृतिम रुपमा बढाइएको बताउँदै आम जनतामाथि ठगी हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
संसद बैठकमा बिना आधारमा कम्पनीका सेयर मूल्य बढिरहेको उदाहरण दिँदै आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरूमाथि छानबिन गर्नका लागि सरकारले एउटा समिति गठन गर्न माग गरेका छन् ।
उनले बुक भ्यालु सयभन्दा कम भएका कम्पनीको मूल्य अहिले तीन चार गुणासम्म बढेको बताउँदै यसको नियमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया