राजनीति

नेविसंघका मिश्रमाथि आक्रमण, पीडितलाई न्याय दिलाउन माग

इकागज |
साउन २२, २०८१ मंगलबार १२:३० बजे

काठमाडौँ- नेपाल विद्यार्थी संघ केन्द्रीय आयुर्वेद क्याम्पसका उपसभापति शिवम मिश्रमाथि आक्रमण भएको छ । मिश्रमाथि केन्द्रीय आयुर्वेद क्याम्पस अखिल क्रान्तिकारीका इकाई अध्यक्ष एवं स्ववियु सचिव गणेश पौडेलले आक्रमण गरेको नेविसंघले जनाएको छ ।

'मिश्रमाथि धारिलो हातहतियार प्रयोग गरि ज्यान मार्ने नियतले सांघातिक आक्रमण गरिएको घटनाप्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ' नेविसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ'विद्यार्थीका समस्याकाबारेमा क्याम्पस हाताभित्र छलफल गरिरहेका बेला आक्रमण गरिएको घटनाको गर्दछौँ ।'


शैक्षिक स्थलहरूमा हुने यस्ता किसिमका अराजक तथा हिंसात्मक क्रियाकलाप आफैमा दुर्भाग्यपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ । 'अझ कुनै अमुक विद्यार्थी सङ्गठनको अध्यक्ष र स्वतन्त्र विद्यार्थी युनियनको सचिव जस्तो पदको दुरुपयोग गरि हिंसात्मक गतिविधिमा उत्रिँदा स्ववियु संस्थाको गरिमा प्रति नै आँच आएको छ' जारी विज्ञप्तिमा लेखिएको छ ।

घटना निष्पक्ष छानविन गरी दोषीउपर कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरि पीडितलाई न्याय र सुरक्षाको प्रत्याभूती गर्न गराउन नेविसंघले माग गरेको छ ।


Author

थप समाचार
x