राजनीति

भ्रष्टाचारका प्रकरणलाई जुनसकै बेला अनुसन्धान गर्न मिल्ने गरी कानुन बनाउनुपर्छ - सभापति लामिछाने

इकागज |
साउन २२, २०८१ मंगलबार १७:४३ बजे

फाइल फाेटाे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणलाई जुनसुकै बेला अनुसन्धान गर्न मिल्ने गरि कानुन निर्माण गर्नुपर्ने बताएका छन् । 

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले भ्रष्टाचारसम्बन्धी कुनै पनि प्रकरणमा समयावधि नराखी जुनसुकै बेला अनुसन्धान गर्न मिल्ने गरि कानुन निर्माण गर्नुपर्ने बताएका हुन् । 


कुनै पनि बेला भ्रष्टाचार गरेको छ भने अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्दै पाँच बर्षको सीमा हटाउनुपर्ने रास्वपाको मत रहेको उनको भनाइ छ । लामिछानेले कसैलाई देखाउनका लागि नभइ देशका लागि आफूले गृहमन्त्रालयमा रहँदा काम गरेकाले अहिले नेतृत्व सम्हालेका मन्त्रीले त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे । 

त्यस्तै लामिछानेले सार्वजनिक सवारीलाई प्रभावकारी बनाउनका लागि काम गरिरहेकाले त्यसलाई प्रभावकारी बनाउन आफ्नो अनुभवका लागि सार्वजनिक सवारी साधन चढेको स्पष्ट पारे । 


Author

थप समाचार
x