राजनीति

डा. शेखरको मागः सरकारले बंगलादेशबाट फर्कन चाहनेलाई सुरक्षित ल्याउनू

इकागज |
साउन २५, २०८१ शुक्रबार १२:३६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद शेखर कोइरालाले सरकारसँग बंगलादेशबाट स्वदेश फर्कन चाहने नेपालीलाई सुरक्षितसँग ल्याउन माग गरेका छन् ।

‘राजनीतिक र धार्मिक आस्थाका कारण कसैप्रति भेदभाव र अमानवीय व्यवहार नगर्न सबैमा आग्रह समेत गर्न चाहन्छु,’ उनले भनेका छन्,' नेपालीहरूको सुरक्षा प्रबन्ध मिलाइनुपर्छ ।'


केही दिनअघि बंगलादेशमा विद्यार्थीले कोटाको विपक्षमा सरकारविरुद्ध आन्दोलन गरेका थिए  । आन्दोलनकै कारण प्रधानमन्त्री देश छोडेर भारत गएकी छन् । उनले राजीनामा दिएर । नयाँ प्रधानमन्त्री मोहम्मद युनुस बनिसकेका छन् ।

 

 


Author

थप समाचार
x