राजनीति

अहिलेको सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गर्छ : उपप्रधानमन्त्री सिंह

इकागज |
साउन २६, २०८१ शनिबार १६:५ बजे

काठमाडौँ- उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिलेको सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गर्ने दाबी गरेका छन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ११ द्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा सिंहले पटक-पटक सरकार परिवर्तन हुँदा जनतामा निराशा छाएको भन्दै त्यसलाई अन्त्य गर्नका लागि ठूला दुई दल मिलेर सरकार बनाएको बताएका हुन् ।


जनमतको उपेक्षा गर्दै केही दलहरूले निराशा र अस्थिरता बढाउने गरी भ्रम छर्ने काम भएकाले पनि ठूला दल एक हुनुपरेको उनको भनाइ छ । उनले राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताए ।

उनले अहिलेको सरकारलाई काम नगर्ने छुट नरहेको जिकिर गरे । 


Author

थप समाचार
x