राजनीति

१८ देशका राजदूतको सुनुवाइ भोलिदेखि

इकागज |
साउन २८, २०८१ सोमबार १५:२ बजे

फाइल तस्बिर

काठमाडौँ- केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको भोलिदेखि सुनुवाइ सुरु हुने भएको छ । 

हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मंगलबारदेखि सुरु हुन लागेको हो  ।


संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन् ।

उनका अनुसार सो सुनुवाइ प्रक्रिया सङ्घीय संसद् सचिवालयमा हुनेछ । उनका अनुसार सुनुवाइ ​१२ः३० बजेबाट सुरु हुनेछ ।


Author

थप समाचार
x