राजनीति

सहकारी छानबिन समितिले लियो ठगी प्रकरणमा मुछिएका दीपेश पुनसँग बयान

इकागज |
साउन ३२, २०८१ शुक्रबार १७:१२ बजे

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणमा मुछिएका दीपेश पुनसँग बयान लिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रुपन्देहीको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा मुछिएका पुनसँग बयान लिएको हो । सुप्रिम सहकारीबाट गोरखा मिडियामा गैर कानुनी ढंगले कर्जा प्रवाह भएको थियो ।


समितिले निरन्तर रूपमा सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपितहरूसँग बयान लिइरहेको छ । यसअघि केही आरोपितलाई कारागारबाट झिकाएर समितिले बयान लिएको थियो । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानबिनको तथ्यमा पुग्नका लागि सबै पक्षसँग निरन्तर छलफल र बयान लिने काम भइरहेको समिति संयोजक सूर्य थापाले बताए ।

गएको जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।


Author

थप समाचार
x