राजनीति

उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको छ : उपप्रधानमन्त्री सिंह

इकागज |
भदौ ५, २०८१ बुधबार १६:४१ बजे

काठमाडौँ - उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको बताएका छन् । 

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारसँगको छलफलका क्रममा स्थानीय तहसँग आवश्यक समन्वय गर्दै उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको बताएका हुन्।​


उनले करिडोर नजिकको बस्तीमा डुवानको समस्या समाधानका लागि पनि सम्बन्धित निकायसँग छलफल भइरहको जानकारी दिए । सरकारले अहिले नीति निर्माणमा बढी जोड दिइरहेको उनले बताए ।  सिंहले मन्त्रालयले गरेका कुराहरुलाई तथ्यका आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गरे । आफूले मन्त्रालय सम्हालेपछि सबै निकायसँगको छलफलका आधारका कामहरूलाई अघि बढाइएको उनले बताए । 

त्यस्तै उनले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरि बन्दो वस्ती मिलाउन लागिएको पनि जानकारी दिए । उपप्रधानमन्त्री सिंहले उहाँले यसअघि सरकार अस्थिर हुँदा प्रक्रियामा ढिलाई भएको भन्दै अहिले संसदकै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ शहरहरूलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने प्रक्रियाले अब गति लिने बताए ।  


Author

थप समाचार
x